विराटनगर, २९ असोज । सुनसरीको इटहरीमा भाईले आफ्नै दिदीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
सुनसरीको इटहरी– १९ का २६ वर्षीय उदीप राईले ३१ वर्षीया दिदी मीनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् ।
दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदीप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
उदीप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् । घर आँगनमा हाँस्दै बसिरहेका उदीपले एक्कासि दिदीमाथि खुकुरी हानेका थिए ।
दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेका उनले त्यसपछि आफ्नो समेत घाँटी रेटेको परिवारजनले जनाएका छन् ।












प्रतिक्रिया