बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

घोराहीमा जुवाकै चर्चा, दाङका एसपीले ठुला जुवामाथि छापा हान्न सकेनन्

दैनिक नेपाल २०७६ असोज २८ गते २२:०६


तुलसीपुर, असोज २८ । केही दिन यता दाङमा व्यापकरुपमा जुवाको चर्चा हुन थालेको छ । तत्कालीन दाङका प्रहरी प्रमुख एसपि हालका एसएसपी धिरज प्रताप सिँहको कार्यकालमा जुवा र गुन्डागर्दीलाई मिसनकैरुपमा अघि बढाएकै कारण जुवा र गुन्डा धेरै कम भएको थियो ।

गुन्डागर्दी पुरै ध्वस्त पारेका सिँहले जुवामाथि पनि आक्रामक शैली देखाए । सिँहको कार्यकालमा सबैभन्दा ठुला जुवाहरुमा छापा हान्नुका साथै धेरै जुवाका घटनाहरु नियन्त्रणमा आएका थिए ।

दाङमा बसेका एसपीहरुमध्ये जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा सिँहको नाम अग्रपङक्तीमा आउछ । सिँहको उत्कृष्ट कार्यशैलिका कारण दाङमा रहदा नै एसएसपिकारुपमा बढुवा भएका थिए । उनले राम्रो काम गरेकै कारण थुप्रै पुरस्कार र सम्मान पनि पाए ।

दसैँ, तिहारको मौसममा चल्ने जुवाको अहिले जिल्लाभरी गरमागरम छ । अघिल्ला केही वर्षहरुमा ठुल–ठुला जुवामा छापा हानेको दाङ प्रहरी अहिले पनि ठुला जुवा समात्नै सकेको छैन् ।

यो भन्दा अगाडि जुवाकै कारण दाङवाट एसपिको सरुवा समेत भएको थियो । तत्कालिन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्मा पोख्रेल जुवामै मुछिनुका साथै सेटिङमा जुवा खेलाएको समाचारहरु आएपछि दुई महीनामै दाङवाट प्रहरी प्रधान कार्यालयले आफै तानेको थियो ।

जुवाकै विषयमा विवाद उत्पन्न हुदा तत्कालिन दाङका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठ र तत्कालिन जिल्ला प्रहरी प्रमुख शर्मा विच निकै विवाद भएको थियो ।

शर्मा जुवाडेहरुको संरक्षण गरेकै कारण त्यो समयमा सिडिओ श्रेष्ठले राष्ट्रिय अनुसन्धान प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि टेकराज तिमिल्सेनाको नेतृत्वमा आफ्नो वडिगार्डसहीत सशस्त्र टोलि परीचालन गरेर जुवाको अड्डाको आशंकामा घोराहीका एक काग्रेस नेताको घरमा छापा हान्न लगाएका थिए ।

श्रेष्ठले जुवा नियन्त्रणका लागि भिआइपि घरमा जुवाको छापा हान्न निर्देशन दिएर जिल्लाभर तरङ्ग प्रदान गरेका थिए । त्यो छापापछि केही जुवा खेल्न रोकिएको पनि थियो ।

तर, सिडिओ श्रेष्ठको सरुवा भएसंगै पछि फाटफुटरुपमा जुवा खेल्न सुरु भएका थिए । तत्कालिन एसपी शर्माले काग्रेस नेताको घरमा जुवा नभएको भनेर रिपोर्टीङ गरेपछि सिडिओ श्रेष्ठले आफ्नो छुट्टै सशस्त्रसहीतको अनुसन्धान प्रहरी टोलि परीचालन गरेर जुवा नियन्त्रणमा लिने प्रयास गरे ।

तर, जुवाको अड्डाको आंशकामा राज्यका सुरक्षा संयन्त्र जनपथ, सशस्त्र र अनुसन्धान प्रहरीको टोलिले रातभर छापा मारेपनि तत्कालिन एसपी शर्माकै कराण जुवालाई नियन्त्रण लिन नसक्दा उनिहरु कसैमाथि मुद्धा चलेन । राप्तीको केन्द्रविन्दुकोरुपमा चिनिएको दाङमा चाडपर्वको समयमै खुवै जुवा हुने गर्छ ।

तत्कालिन एसपि शर्माको जुवामा मुछिएकैै कारण सरुवा भएपछि उनको ठाँउमा प्रहरी प्रमुखकोरुपमा वेल पाण्डे आएका थिए । जुवाकै कारण एसपिको सरुवा भएलगत्तै नयाँ प्रहरी प्रमुखकारुपमा आएका पाण्डेलाई जुवा नियन्त्रण निकै चुनौतिकारुपमा जिम्मेवारी थियो ।

कडा स्वभाव र आक्रामक कार्यशैलिसंगै कार्य प्रगतिको एकदमै ख्याल गरेकै कारण उनको पालामा जुवा नियन्त्रणका लागि प्रयास भएको यहाँका स्थानीयहरु बताउछन् ।

पाण्डेकै कार्यकालमा नक्कलि कागजात प्रयोग गरेर एनसियल कम्पनिवाट वितरण हुने सिमकार्ड नियन्त्रणमा लिए । त्यतिमात्रै होइन्, पाण्डेले तत्कालिन वेष्टर्न बैँक हालको देव विकास बैँकको १८ करोड काण्डमा हात हालेर कडारुपमा अनुसन्धान गरे ।

पाण्डेको अनुसन्धानको प्रकृया प्रभावकारी भएकै कारण त्यो मुद्दामा अझै अनुसन्धान चलिरहेकाले थप ठुला व्यक्तिहरु पनि पक्राउ पर्ने सम्भावना रहेको छ । पाण्डेले आटै गरेर धर्मान्तर गर्ने कार्यमा संलग्न क्रीष्टियन विरुद्ध पनि मुद्दा दर्ता गरेका थिए ।

त्यो कार्यले पनि देशैभरी उनको चर्चा थियो । त्यस्तै आफु दाङवाट सरुवा भएर जानेक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि हातपात गर्ने र डिउटिमा रहेका वर्दीका प्रहरीलाई हुत्याउने विवेक श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरे ।

पाण्डेले दाङमा रहदा हाइहाई कमाएर सरुवा भएका थिए । बेष्टर्न बैँकको काण्ड, उप निर्वाचनलाई लक्षीत गरेर सत्तारुढ पार्टीले दाङवाट पाण्डेको सरुवा गरेका थिए । पाण्डेको हाल सिआइविमा सरुवा भएका छ ।

अहिले पाण्डेको सरुवा भएपछि नयाँ प्रहरी प्रमुखकारुपमा जनक भट्टराइ आइपुगेका छन् । भट्टराइले जुवा ठुलो सफलता हासिल गर्न सकेका छैनन् । स–साना जुवाडेलाई समातेपनि ठुला जुवाडेहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

भट्टराइले ठुला जुवाको सुचना नआएकै कारण आफुहरुले समात्न नसकेको र सुचना आएमा पक्राउ गर्ने पनि बताए । तुलसिपुरमा फाटफुट जुवामा छापा हानेर नियन्त्रणमा लिएपनि यसअघि जुवा हुने गरेकै कारण चर्चामा रहेको घोराहीवाट अहिलेसम्म कुनै ठुला जुवामा प्रहरीले छापा हान्न सकेको छैनन् ।

पुरानै सुरक्षा संयन्त्रले यस अगाडि थुप्रै जुवा नियन्त्रणमा लिएपनि हाल ठुला जुवा समात्न नसकेको प्रहरीले आफै नै भन्दै आएको छ । दाङका अन्य थुप्रै ठाँउवाट पनि कुनै पनि ठुला जुवाका घटनाहरुमा प्रहरीले छापा हान्न सकेको छैन ।

घोराहीको ट्राफीक चोक, धर्ना, आर्मि ब्यारेक आसपासमा जुवा हुने गरेको चर्चा आएका छन् । प्रहरीले ठुला जुवा समात्न नसकेपछि प्रहरीमाथि चुनौति थपिएको छ । त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि सुचना दिएमा आफुहरुले जुवा नियन्त्रण गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित