शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

५ किलाे अवैध सुनसहित एकजना पक्राउ

दैनिक नेपाल २०७६ असोज २८ गते २१:१४

खाँदबरी, २८ असोज । प्रहरीले संखुवासभामा पाँच किलो सुन र नगद ३८ हजार ८९ रुपैयाँ सहित एकजना भरियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेका छन् । चेपुवा प्रहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा भोटेलाई नगद र अवैध सुनसहित पक्राउ गरेको हो ।

घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चीनसँगको सीमा किमाथाङ्का नाकामा प्रशासनको प्रभावकारी उपस्थिति नहुँदा कानून पालनमा कमजोरी हुने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित