४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैँकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रालिबीच बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

यस योजनाबाट ग्राहक महानुभावहरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्ने र डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।