११ मंसिर २०८३, शुक्रबार

हुण्डी कारोबारमा संलग्न एक जना १० लाखसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका ४ को कन्चनबारी चोकबाट सुनसरी बर्जु गाउँपालिका ३ का २४ बर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो ।

रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र नेपाली नोट १० लाख रुपैयाँ, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक ११ थान लगायतका सामान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।