११ मंसिर २०८३, शुक्रबार

एनआरएनएकाे नवौँ विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए) नवौँ विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू हुँदैछ ।

हयात होटलमा हुने विश्व सम्मेलनको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार विश्व सम्मेलन हुने र बुधबारदेखि महाधिवेश सुरु हुनेछ । महाधिवेशनले आगाभी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

४२ पदाधिकारीलाई एक सय भन्दा उम्मेदवार छन् । विश्वभरका ६० भन्दा बढी देशमा बस्ने गैरआवासीय नेपालीहरु सम्मेलनका लागि आएका छन् ।

नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान हुने र लगत्तै मतगणना सुरु हुने जनाइएको छ । राति १० बजेसम्म नतिजा आउने जनाइएको छ ।

२५ सयको हाराहारीमा मतदाता रहेका छन् । बिहीबार महाधिवेशनको समापन समारोह हुनेछ ।