
काठमाडौँ, २७ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको मंगलबार सचिवालय बैठक बस्ने भएको छ । नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न सचिवालय बैठक डाकेको हो ।
त्यस्तै, नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा समेत छलफल गर्नेछ । नेकपामा केही आयोगको नेतृत्व टुङ्गो लाग्न बाँकी छ ।
केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, निर्वाचन आयोग लगायतलाई पूर्णता दिन बाँकी छ । मुख्यतः नेकपाअनुशासन आयोगमा पूर्व एमाले तर्फबाट अमृत बोहोरा र पूर्व माओवादी तर्फबाट अमिक शेरचनको दाबेदारी छ ।
बैठकमा एकताको बाँकी काम सक्ने र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आवश्यक सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको तयारीबारे बैठकमा छलफल हुनेछ ।











प्रतिक्रिया