११ मंसिर २०८३, शुक्रबार

सुन जस्तै पहेंलो धातु र नगदसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


संखुवासभा, २७ असोज । सुन जस्तो देखिने पहेंलो धातु करिब ५ केजी र नगद ३८ हजार ८० रुपैयाँसहित सोमबार बिहान प्रहरीले २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको छ ।

भोटे भोटखोला गाउँपालिका २ लिङगमबाट खाँदबारी नगरपालिका १ बासिन्दा हुन् ।

प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त धातु तथा नगदसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।