
बिर्तामोड, २७ असोज । अन्तर्राष्टिय झापाली समाजका पदाधिकारीहरुलाइ सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले सम्मान गरेको छ । सोमबार सेवा केन्द्र परिसरमा एक कार्यक्रमका विच अन्तर्राष्टिय झापाली समाजलाइ सम्मान गरेको हो ।
सम्मानितहरुमा निर्वतमान अध्यक्ष तथा सरक्षक दिनेश पोखरेल,वरिष्ठ उपाध्यक्ष दिपक खनाल,उपाध्याक्ष कृष्ण चापाँगाइ, अष्टे्रलिया झापाली समाजका अध्यक्ष दिपक चुडाल, सचिव रुपराज मैनाली सम्मानित भएका हुन् ।
झापाली माटोमा हुर्किएर विदेशमा गइ नेपालको झापामा गरिएको लगानीको मुल्यांकन गर्दै सेवा केन्द्रले सम्मान गरेको केन्द्रका प्रेस सयोँजक राज कुमार ओलीले जानकारी दिएका छन् ।

विर्तामोड नगरपालिका ४ का वडा अध्यक्ष कुल प्रसाद सग्रौलाको प्रमुख आथित्यतामा भएको सम्मान कार्यक्रममा रिभर साइड फाउण्डेशनका अध्यक्ष सन्जिव चापाँगाइ, सुन्दर टोलका अध्यक्ष रघुनाथ थपलिया, इलाका प्रहरी कार्यलय विर्तामोडका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ, लगायतले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कामको मुल्यांकन गर्दै भोलिको दिनमा अझ शसक्त भुमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा महासचिव लक्ष्मी गौतमको सञ्चालन तथा अध्यक्ष उत्तम खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया