शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

हत्या आराेपी कांग्रेस सांसद अलाम निलम्बित

दैनिक नेपाल २०७६ असोज २७ गते १३:२८

काठमाडौँ, २७ असोज । हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब अलाम सांसद पदबाट निलम्बित भएका छन् ।

नेपाली कांग्रेसका सांसद आलमलाई संसद सचिवालयले सोमबार सूचना जारी गरी निलम्बनमा परेको जानकारी गराएको हो ।

रौटहट क्षेत्र नं २ बाट निवाचित सांसद आलम सोमबार पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित