बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु

दैनिक नेपाल २०७६ असोज २७ गते १३:१३


रौतहट, २७ असोज । ईशनाथ नगरपालिका ६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । उनको व्यक्तिगत विवरण खुलेको छैन ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित समूहले ती पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित