बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्तिक १ गतदेखि पुन: सुत्केरी भत्ता दिने

दैनिक नेपाल २०७६ असोज २७ गते १२:५७


घोराही, २७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महिलाहरुका लागि सुत्केरी भत्ता पुनह सुचारु हुने भएको छ ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भक्ता समेत वितरण हुन सकेको थिएन ।

स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेवाट प्रसुति सेवा लिन आउने महीलाहरुका लागि सुत्केरी भक्ता दिने भएको हो । स्वास्थ्य मन्त्रालयवाट यसै हप्ता २ करोड बजेट निकासा भएको र कार्तिक १ गतेवाट सुत्केरी भत्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिए ।

यसैबीच प्रतिष्ठानले आफूले दिने ओपिडि र इमरजेन्सि शुल्कमा हेरफेर गरेको छ । यसअघि ओपिडि शुल्क २५ र इमरजेन्सि शुल्क ३० लिँदै आएकोमा कार्तिक १ गतेदेखि ओपिडि शुल्कमा ६० र इमरजेन्सि शुल्कमा ८० कायम गरेको छ ।

शुल्क वृद्धि सम्बन्धी रिटमा उच्च अदालत तुलसिपुरले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको रजिष्टार प्याकुरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित