बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशी सम्मानित

दैनिक नेपाल २०७६ असोज २७ गते १२:३८

पाटन, २७ असोज । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी कपिलवस्तु विश्व अभियानले विभिन्न सेलिब्रिटिहरुकाबीच उहाँकै निवासको प्रांगढमा सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्म वर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको विकासको लागि गुरु योजना तयार पारेको, राष्ट्र संघको विस्व संपदा सूचिमा लुम्बिनीलाई पारिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताए ।

यसरी पुरातात्विक प्रमाणका बाबजुद विभिन्न कारणले गर्दा विश्वका विभिन्न ठाउँमा वुद्धको जन्मस्थलका विषयमा भएको समस्या समाधानमा लागि परेको विश्व अभियानको उद्धेश्य प्राप्तिमा सफलता मिलोस भनी शुभकामना व्यक्त गरे ।

लुम्बिनीमा भएको पिपलको बोट अनायास काटिएको फेला परेपछि युनेस्को, इसिमोडहरु जस्ता राष्ट्र संघीय निकायहरुले विस्व संपदा सूचिमा रहेको सो पिपलको बोट कस्ले किन काटेको भन्ने कुरा खोजी गर्दा पता नलागेको र वरिष्ठ वनस्पतिविद डा. तिर्थ बहादुर श्रेष्ठको अथक प्रयाशबाट जोड्ने काम भएको बताउँदै श्रेष्ठसंग आफूले सो पिपलको बोटको कलमी गरिएका दुई हाँगा माग गरी दुई महत्वपूर्ण ठाउँमा उमार्ने गरिएकोमध्ये एउटा  nativity of Buddha भएको ठाउँको पिपलको बोट भएको जानकारी दिए ।

जोशीले कार्यक्रमस्थल वरिपरि वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको प्रमाणसंग सम्बन्धित महत्वपूर्ण जानकारीमूलक सामग्रीहरु राखिदिनु हुँदै वुद्ध सम्बन्धित सांस्कृतिक र शैक्षिक विकासमा समेत लाग्नु पर्ने सुझाव दिनु भयो ।

लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका शुरुवाती बर्ष २००९ देखि हालसम्म गरिएका गतिविधि र उपलब्धिका फेयरिस्त पेश गर्दै शुरुका तीन चार बर्ष महत्वपूर्ण उपलब्धि हासिल भएको र इन्टरनेटमा अभियानका गतिविधिमा क्रान्ति जस्तै आएको, तर समस्याको जरो विभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएको र यसको समाधान नेपाल सरकार मार्फत नै गरिनु उपयुक्त हुने भएकोले नेपाल सरकारलाई काम गर्न सहज वातावरण तयार गरिदिने अभिप्रायले अभियानले कुटनीतिक कार्यशैली अपनाएको जानकारी दिए ।

श्रेष्ठले ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले आफूसंगको भेटघाटका क्रममा सत्य मोहन जोशीका लागि महानगरपालिकाले वर्षैभरी विभिन्न कार्यक्रम आयोजना गरेकोमा अभियानले यसरी सम्मान कार्यक्रम आयोजना गरेको बेलामा आफू विदेश हुन परेको कारण उपस्थित हुन नसके तापनि कार्यक्रमको सफलताको लागि शुभेच्छा व्यक्त गरेको जानकारी दिँदै जोशीको नाममा २,५०० स १,००० र १०० मूल्यका सिक्का प्रचलनमा ल्याउन महानगरपालिका मार्फत उहाँले खेलेको महत्वपूर्ण भूमिकाको प्रसंशा गरे ।

पहिला पहिला राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्य मोहन जोशी जस्तो महान व्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउने प्रयास महानगरपालिकाले गरिराखेकोमा मन्त्रिपरिषदको निर्णय मार्फत सो उद्धेस्य प्राप्ती कार्यमा छिट्टै सफलता मिलोस भनी शुभेच्छा व्यक्त गरे ।

गोर्खापत्रका पूर्व संपादक, लुम्बिनी विश्वविद्यालयका पहिलो रजिस्टार एवं लुम्बिनी कपिलवस्तु विस्व अभियानका नेपाल संयोजक केदार शाक्यले सत्य मोहन जोशीका जीवनका महत्वपूर्ण जानकारीहरुको फेयरिस्त पेश गर्दै लुम्बिनीलाई पर्यटकस्थल नभएर तिर्थस्थलका रुपमा बिकास गरिनु पर्ने र सत्य मोहन जोशीलाई सम्मान गर्न पाउँदा अभियान आँफै सम्मानित भएको धारणा व्यक्त गरे ।

राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा उपस्थित सबैलाई सत्य मोहन जोशीद्धारा दसैंंको टीका प्रदान गरिएपछि नरेश मानन्धरद्धारा जोशीलाई वुद्धको शान्ति सन्देशको प्रतिकको रुपमा शान्ति दीप प्रदान गरेका थिए ।

भक्तपुर सांगितिक समाजद्धारा सत्य मोहन जोशीकै बारेमा तयार पारिएको गीत गाइएको उक्त कार्यक्रममा सत्य मोहन जोशीलाई सम्मान गरिएपछि कार्यक्रमको पहिलो सत्र समापन गरिएको थियो ।

सत्य मोहन जोशीको प्रमुख आतिथ्यतामा सन्चालन गरिएको कार्यक्रमको दोश्रो सत्रमा जापानको कामिआमाकुसा शहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहराको चट्टानमा २०० वर्षमा सबैभन्दा ठुलो बुद्धको मूर्ति हुने र सो परियोजना सम्पन्न भएपस्चात जापान सरकारले युनेस्कोको विश्व संपदा सूचिमा समाबेश गर्नका लागि प्रकृया अगाडि बढाउने लक्षलाई सफलिभूत तुल्याउने काममा लागेका “आधुनिक अरनिको“ नाम समेत दिने गरिएका ४ जना नेपालीहरु मन्जुल बरैली, गणेश कुमार राई, सानु भाई विश्वकर्मा र रामचन्द्र पण्डितस वुद्ध नेपालमा नै जन्मनु भएको सन्देश सहित सगरमाथा सफल आरोहण गर्ने छोकी शेर्पा, विस्व साइकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाह र १२६ घण्टा लगातार नाचेर गिनिज बुकमा नाम लेखाउन सफल बन्दना नेपाललाई अभियानको दूतको रुपमा नियुक्त गर्दै सम्मान गरिएको थियो ।

साहित्यकार, पत्रकार एबं समाजसेवी सुशिल चालिसेद्धारा सन्चालन गरिएको कार्यक्रममा खानपानको ब्यबस्था गर्ने गोकर्णेस्वर नगरपालिका वडा नम्बर ४, सत्य मोहन जोशीको बारेमा गीत तयार गरेर गाउने भक्तपुर सांगितिक समाजका टिम, बिशेष योगदान दिने सुशिल चालिसे लगायत कार्यक्रम सफल तुल्याउन योगदान दिने सबैलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चर्चित दोहोरी गायिका मिना लामा, नेपाल भाषाको Best Model Female एवं Music Video Award 2018 का बिजेता शोभा महर्जन, थुप्रै अन्तरराष्ट्रिय पदक बिजेता ताइकान्दो खेलाडी रन्जना चौधरी, पूर्बीय दर्शन लोप हुन नदिएर यस्को संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने मान्यताका साथ कृयाशील प्रिन्स मुकु, वरिष्ठ लिरिक्स सुबाश चन्द्र ढुङेल, अभियानको नेपाल सल्लाहकार एबं समाजसेवी गुह्यरत्न शाक्य, अभियानका शिक्षक दूत श्रीकुमार श्रेष्ठ, चर्चित गायकद्धय कपिल कस्पल एबं मानस राज, स्वतन्त्र लेखक एबं साहित्यकार मुरारी सिग्देल, हिसान (हाइयर सेकेन्डरी स्कूल अफ नेपाल भक्तपुर) का अध्यक्ष अनिल कस्पल, सोलु जिल्लाका ब्याडमिण्टन एसोशियसनका अध्यक्ष एवं Annapurna corporate championship एवं Inter rotary championship राज कुमार गुरुङ, भक्तपुर सांगितिक समाजका अध्यक्ष र सचिव क्रमश प्रविण शाही र अलबर्ट बज्रचार्य आदिको उपस्थिति थियो भने बोधी टिभिको तीन जनाको प्राबिधिक टिम कृयाशील थियो ।

कार्यक्रमकै लागि दोलखादेखि आउनुभएका विश्व साइकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाह विशेष कारणबश समयमा आउन सक्नु नभएकोले उहाँलाई कार्यक्रमपछि छुट्टै सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित