बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

चिनियाँ राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङको त्यो प्रेमकथा

दैनिक नेपाल २०७६ असोज २७ गते ९:२८

काठमाडौं, २७ असोज । विश्वभर भ्यालेन्टाइन डेलाई प्रणय दिवसका रुपमा मनाउने प्रचलन छ । यो प्रचलनको मोहजालमा नेपाल पनि परेको छ । तर भर्खरै नेपालको भ्रमण सकेर चीन फर्किएका त्यहाँका राष्ट्राध्यक्ष सी चिन फिङको देशका जनताले भने प्रेम दिवस नै फरक हिसाबले मनाउने गरेका छन् ।

अलिक रोचक पनि छ । चिनियाँ जनता आफ्ना देशका राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङ लियुयानले नै प्रेमभाव व्यक्त गरेको दिनलाई प्रणय सुत्रको दिन मान्दछन् । २० मे, चीनको प्रणय दिवस हो । जसलाई ‘५.२०’ का रुपमा पनि बुझिने गरिएको छ ।

विश्वभर भने १४ फेब्रुअरीमा मनाउने प्रचलन रहेको छ । यसै सन्दर्भमा सी र पेङको त्यो प्रेमकथा पनि अचम्मको छ ।

सी र पेङको प्रेमदेखि बिहेसम्मका विविध पक्षलाई चिनियाँ जनताले आदर्श मान्ने गरेका छन् ।

सेप्टेम्बर १९८७ मा दुवैको बिहे भयो । उनीहरूले ठूलो पार्टी दिने अथवा भव्य बिहे गरेका थिएनन् । केही आफन्त र साथीलाई डिनर दिएर बिहे सम्पन्न भएको थियो ।

पार्टीका सहकर्मीले दिएको जानकारी अनुसार त्यसबेला राष्ट्राध्यक्ष सी कामका लागि बाहिर जाने गर्दथे जतिबेला पेङ चर्चित गायिका थिइन् र विदेशका विविध कार्यक्रममा सहभागी हुने गरेकी थिइन् । सोही बेला दुवैको भेट हुने गरेको थियो, दुवैमा एकआपसको अलग प्रकारको समझदारी पनि थियो ।

फुजीआन प्रान्तमा सी कार्यरत थिए । चिसोको मौसममा पेङले सीलाई जाडोबाट जोगाउन शरिर ढाकिने लुगा दिइन् । त्यसबेला पेङ चीनको सीसीटीभि स्प्रिङ फेस्टिभल गला राउन्डका लागि तयारी गरिरहेकी थिइन्, जुनबेला सी डिनरका लागि अबेरसम्म पेङको पर्खाइमा हुने गर्दथे ।

सन् २०१५ मा राष्ट्राध्यक्षको कार्यालयमा सी पुगेपछि विविध कार्यक्रममा पेङको सहभागीता अनिवार्य हुन थाल्यो । जनताले यो जोडीलाई ऐतिहासिक मानेको छ ।

यहि क्रममा सन् २०१५ मा लियाङजीयाहे भन्ने ठाउँ जुन साङछी प्रान्तमा छ, त्यहाँ भएको स्प्रिङ फेस्टिबलमा सीको सहभागीता भयो । सोही ठाउँमा उनले कृषकका रूपमा ७ बर्ष काम गरेका थिए । राष्ट्राध्यक्ष भए पनि आफ्नो थातथलोमा पुगेका सीले पेङको परिचय गराउँदा भनेका थिए– यीनी मेरी पत्नी हुन् ।

चिनियाँ मिडिया, राजनीतिज्ञ र विविध पक्षले यो जोडीको बिहेपूर्व र अहिलेसम्मको अवस्थाको प्रेमलाई आदर्श मान्दै आएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित