बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पत्नीलाई अर्कैसँग सँगै सुतेको देखेपछि…

दैनिक नेपाल २०७६ असोज २७ गते ८:४५

कैलाली, २७ असोज । कैलाली जिल्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको हो ।

असोज २१ गते कुटपिट भएपनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२४ गते विहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापाफेरि उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेको बस्नेतले बताए ।

कुटपिटमा संग्लन उनलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित