११ मंसिर २०८३, शुक्रबार

भारतीयले गाेली प्रहार गर्दा रौतहटमा युवककाे मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ असाेज । रौतहट जिल्लामा गोली प्रहार गरेर एक जनाको हत्या भएको छ ।

ईशनाथ नगरपालिका–६ मा अज्ञात समूहले चलाएको गोली लागेर २६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

घिउराबाट जैयनगरतर्फ जाने बाटोमा क्रान्ति प्रावि नजिकै ती युवकलाइ गोली हानिएको थियाे ।

भारतबाटै आएका व्यक्तिले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको प्रहरी प्रवक्ता नवीन कार्कीले बताएका छन् ।

मृतकको साथबाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने यसबारे विस्तृत आउन बाँकी छ ।