११ मंसिर २०८३, शुक्रबार

सीले आज प्रधानमन्त्री र नेकपाका नेताहरूसँग भेट्ने, एक बजे चीन प्रस्थान गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ असाेज । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटलाइई आइतबार पनि निरन्तरता दिने भएका छन् ।

शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् ।

उनले नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ । प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ ।

नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै पुष्पकमल दाहालले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने तालिका छ ।