बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

काठमाडाैंमा ठूलाे अबैध जुवा अखडामा छापा, लाखाैँ रकमसहित जुवाडे पक्राउ

दैनिक नेपाल २०७६ असोज २६ गते ७:४०

काठमाडौं, २६ असाेज । काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपियाँसहित प्रहरीले २१ जुवाडेलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे नगद रुपियाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपियाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बौद्ध क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् । गत माघ र चैतमा प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा यो क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा व्यवसायीलगायत पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित