
बैतडी, २६ असाेज । बैतडी जिल्लामा खर काट्ने क्रममा भिरबाट लडेर शनिबार एक महिलाको ज्यान गएको छ ।
सूर्नया गाउँपालिका वडा नं. ४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको ज्यान गएको हो । शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेको स्थानीय रण बहादुर महराले जानकारी दिए ।
भिरबाट लडेर करिब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन् । मृतकका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।












प्रतिक्रिया