बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

राष्ट्रपति सी र सभापति देउवाबीच भेटवार्ता

दैनिक नेपाल २०७६ असोज २५ गते २०:५४

काठमाडौं, २५ असाेज । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

काठमाडौंको होटेल सोल्टीमा सीले देउवासँग शनिबार राति भेटवार्ता गरेका हुन् । करीव १५ मिनट भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्तामा अन्य कुराकानी के–के भएको थियो सो विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।

पूर्व कार्यतालिकाअनुसार राष्ट्रपति सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित