काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी ओलीले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गरेका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ प्रधानमन्त्रीले स्वागत गरेका हुन् ।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा नै पुगेकी थिइन । उनको स्वागतमा उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, ३ नम्बर प्रदेशका मुख्यमन्त्री, उपसभामुखलगायत विशिष्ट व्यक्तिहरू विमानस्थल पुगेका थिए ।
चिनियाँ राष्ट्रपति एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नईबाट काठमाडौं आएका हुन् ।
चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री ओलीले आइतबार होटल सोल्टीमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया