११ मंसिर २०८३, शुक्रबार

सीता एयरको जहाजको इन्जिनमा चरा छिरेपछि…

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज ।  सीता एयरको जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ ।

शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।

मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।

जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थि ए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।