
काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारी बेला सडक किनारा समेत उभिन नपाइने भएको छ ।
काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।
राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज दिउँसो काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।
सी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा समकक्षी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
==











प्रतिक्रिया