पाल्पा, २५ असाेज । पाल्पा जिल्लामा जनप्रतिनिधिसहित १९ जना जुवाडे पक्राउ परेका छन् ।
तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण सापकोटाले जानकारी दिए ।
तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट ५ लाख ५५ हजार रुपियाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तानसेन ११ का पदम बिष्ट, घरधनी तानसेन–१, का हुमराज बस्याल, तानसेन–५, का निरन्जन दर्जी, तानसेन–१, का किरण शर्मा, सन्तोश खाती, किस्मत खाती , रम्भा गाउँपालिका ३ का सुदन बैदवार र अर्जुन बैदवार, तानसेन १ का राजु खनाल, सुनिल पंगेनी, हरिप्रसाद शर्मा, देवराज बस्याल, बगनासकाली गाउँपालिका–६ का रामप्रसाद बस्याल, तानसेन ६ का अशोककुमार महर्जन, रम्भा गाउँपालिका ३ का मिनबहादुर बैदवार, तानसेन १ का किरण खाती, रामु खड्का, अनिरुद्र खड्का पक्राउ परेका हुन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।












प्रतिक्रिया