११ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा विधेयक आज प्रमाणीकरण गरेकी छन् ।

‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् ।

यी विधेयकहरू संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरण लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।