काठमाडौँ, २४ असोज । सिन्धुपाल्चोक जिल्लाको भीमटारमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।
शुक्रबार बिहान करीब १० बजे बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।
एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइतेको पहिचान खुलिसकेको छैन ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएकाे छ ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटनामा परेको थियो ।
बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो ।











प्रतिक्रिया