काठमाडाैं, २४ असाेज । कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले अमर प्रहरी घोषणा गरेको छ ।
शुक्रबार परेको ६३ औं प्रहरी दिवसको दिन पारेर प्रहरीले कामको सिलसिलामा २०५३ सालदेखि २०७६ सालको अवधिमा ज्यान गुमाएका ती प्रहरीहरूलाई ‘अमर प्रहरी’ घोषणा गरेको हो ।
प्रहरीले यस वर्षको ‘लाईफटाइम अचिभ्मेन्ट’ अवार्ड पूर्व एआइजी यादब अधिकारीलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको औपचारिक कार्यक्रममा उनलाई अवार्ड प्रदान गरेका छन् ।
उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरड प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।












प्रतिक्रिया