बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

सलमान खानका कामदार पक्राउ

दैनिक नेपाल २०७६ असोज २४ गते ८:५३

मुम्बई । मुम्बई प्रहरीले बलिउडका अभिनेता सलमान खानको घर रेखदेख गर्न बसेका कामदारलाई पक्राउ गरेको छ ।

विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार पक्राउ गरिएकाे छ ।

सलमान खानको गोराईको घरबाट पक्राउ परेका राणा एक अपराधी रहेको प्रहरीले जनाएको छ ।

राणामाथि जबरजस्ती चोरी र हमलाको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जमानतमा बाहिर आएका राणा फरार रहेका थिए । प्रहरीले उनको २९ वर्षदेखि खोजी गर्दै आएको थियो ।

६२ वर्षीय वृद्धले सलमान खानको घर रेखदेख गर्दै बसेको खबर मुम्बई पुलिसले पाएपछि प्रहरी अपराध शाखाको टोलीले योजनाबद्ध रुपमा सलमान खानको घरमा छापा मारी उनलाई हिरासतमा लिएको थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित