सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सिलमायाको ३ तोला सुनको सिक्री लुटियो

दैनिक नेपाल २०७६ असोज २३ गते १७:३७

सांकेतिक तस्वीर

काठमाडौं, २३ असोज । टोखा नगरपालिका ११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोला सुनको सिक्री लुटिएको छ ।

बिहीबार बिहान घर अगाडि मुख धुने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित