सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

मन्त्रिपरिषदका ६ निर्णय : सेनामा बढुवादेखि राष्ट्रिय वन क्षेत्र प्रयोगसम्म

दैनिक नेपाल २०७६ असोज २३ गते १७:१६

काठमाडौँ, २३ असोज । मन्त्रिपरिषदको असाेज १७ गते बसेकाे बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।

जसमा नख्खुखोला– भैंसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने,  विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू . २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय रहेका सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै,  सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने लगायतका निर्णय पनि गरिएका छन् ।

यी हुन्  मन्त्रीपरिषदका निर्णय :

१ . विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू . २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

२ . विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।

३ . आर्थिक वर्ष ०७६ / ७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ।

४ . सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।

५ . नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।

६ . नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित