सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

बलात्कार आरोपमा मालपोतका ‘हाकिम’ पक्राउ  

दैनिक नेपाल २०७६ असोज २३ गते १३:०९

भीमदत्तनगर, २३ असोज । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।

स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।”

उहाँले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनैखाले जाहेरी नआएको बताउनुभयो । “अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।” चन्दले भन्नुभयो, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।”  -रासस   

प्रतिक्रिया
सम्बन्धित