सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाएका ब्यानर च्यात्ने दुई जना पक्राउ

दैनिक नेपाल २०७६ असोज २३ गते ११:०१

काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनीहरुले काठमाडौं महानगरपालिकाले बनाएको स्वागत ब्यानर गए राति च्यातिदिएका प्रहरीले जनाएको छ ।

उनीहरुले कसको निर्देशनमा किन ब्यानर च्यातेका हुन्  भनेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको राजकीय भ्रमणमा आउँदैछन् । उनको स्वागतका लागि तयारी तीब्र पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित