सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

पहिला छोरी र श्रीमतीको हत्या अनि आत्महत्या !

दैनिक नेपाल २०७६ असोज २२ गते ११:३९

काठमाडौँ, २२ असोज । इटहरी उपमहानगरपालिका-१७ स्थित पकलीमा आफ्नै श्रीमती र छोरीको हत्या गरी एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

दसैँको टीकाको दिन मंगलबार पकलीका राकेश शर्माले आफ्नी श्रीमती र ६ बर्षीया छोरीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका हुन् ।राकेशकी श्रीमती पुनमको शव टिनको बाकसभित्र फेला परेको थियो भने छोरी स्वस्तिकाको शव बोरामा बेरेर खाटमुनि राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

पकली चोकबाट उत्तरपट्टि बस्दै आएका राकेश करीब ४५ बर्षको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञबिनोद पोखरेलले श्रीमान र श्रीमतीबीच पहिलादेखि नै झगडा हुने गरेको जानकारी दिएका इटहरीबाट सञ्चालित टाकुरान्यूज अनलाइनले लेखेको छ ।

प्रहरीका अनुसार पहिला पनि ठानामा ल्याएर छलफल गराइएको थियो । एसपी पाेखरेलका अनुसार उनीहरुका दुई छोरी र १ छोरा रहेका थिए । एक छोरा र एक छोरी भने हजुरबुबासँग बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित