बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

शितल निवासमा भीआईपीहरुको दशैँ (फोटोफिचर)

दैनिक नेपाल २०७६ असोज २१ गते १५:५२

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई टीका प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा उनले प्रधानमन्त्री केपी शर्मा ओली दम्पत्ति, राष्ट्रियसमाध अध्यक्ष गणेशप्रसाद तिमिल्सिना दम्पत्ति, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा दम्पत्ति, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दम्पत्ति लगायतलाई टीका प्रदान गरिन् ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संकृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाईले पनि राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गरे ।

यस्तै, कानुन तथा न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपाल कम्युनिष्ट पार्टि ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेल लगायतले राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गरेका छन् ।

हेर्नुहाेस् तस्वीर :

सबै तस्वीर : रासस

 

प्रतिक्रिया
सम्बन्धित