
काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको अवसरमा देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन् ।
आज दशैँको टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका हुन् ।
‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा वडा दशैँको २०७६ को हार्दिक शुभकामना,’ प्रधानमन्त्रीले ओलीले भिडिओमार्फत् भनेका छन् ।
यस चाडलाई भव्यताको साथ मनाउन आह्वान गरेका छन् । यसका साथै उनले परम्परागत नराम्रा प्रचलन तोड्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा वडा दशैं २०७६ को हार्दिक शुभकामना। pic.twitter.com/ZZRPJXdTFf
— K P Sharma Oli (@kpsharmaoli) October 8, 2019











प्रतिक्रिया