बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

चितवनमा ३६ हजारसहित ६ जना जुवाडे पक्राउ

दैनिक नेपाल २०७६ असोज २१ गते १३:५६


चितवन, २१ असोज । दशैंको दिन जुवातास खेल्ने ६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

आज चितवन प्रहरीले कालिका न.पा.१ गडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुबाट ३ बुक तास र नगद रु ३६ हजार ३ सय २५ समेत नियन्त्रणमा लिई ईप्रका टाँडीमा अनुसन्धानको लागि राखिएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कालिका न.पा.१ बस्ने बर्ष ४२ को हरि गुरुङ, सोही स्थान बस्ने बर्ष ३२ को भिम बहादुर तामाङ, बर्ष ३८ को जीवन लामा, बर्ष ३२ को बिष्णु गुरुङ, बर्ष २७ को सुवास श्रेष्ठ र बाँके नेपालगन्ज न.पा. ४ बस्ने बर्ष ६० को सन्त बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित