
काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाका मूल पूजारीबाट टीका ग्रहण गरेकी छन् ।
भण्डारीले राष्ट्रपति भवन शितल निवासमै टीका ग्रहण गरेकी हुन् । उनले मुल पुजारीलाई समेत टीका लगाइदिएकी छन् ।
यसैगरी, उनले शितल निवासमा आफन्तहरुलाई टीका प्रदान गरेकी छन् भने आफन्तबाट टीका ग्रहण पनि गरेकी छन् ।
यसैबीच, राष्ट्रपति भण्डारीले यस वर्ष पनि उच्च पदस्थ व्यक्ति र सर्वसाधारणालाई दशैंको टीका लगाइदिने भएकी छन् ।
दिउँसो १ देखि २ बजेसम्म मन्त्रिपरिषद् र संसद् सदस्य तथा संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै, २ः३० देखि ३ः३० बजेसम्म सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम तय भएको छ ।
थप तस्वीर हेर्नुहोस् :

सबै तस्वीर : रासस











प्रतिक्रिया