१४ कार्तिक २०८३, शनिबार

आज दशैको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०:३५ बजे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैंको मुख्य दिन आज विजयादशमी । आज मान्यजनहरुबाट टीका ग्रहण गरी आशिर्बाद लिइँदैछ ।

बिहान ८ः४५ बजे देवी विसर्जन गरिएपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिँदैछ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साइत खोज्नेका लागि बिहान १०ः३५ बजे टीकाको उत्तम साइत रहे पनि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज दिनभर टीका लगाउन सकिन्छ।

आज चन्द्रमा मकर राशीमा रहेकाले टीका थाप्ने मानिस पूर्व र लगाइदिनेले पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ।

बैद्धिक मन्त्र उच्चारण गरी मान्यजनको हातबाट टीका र जमरा लगाएपछि मनले चिताएको पुग्ने, सुख, शान्ति र सम्बृद्धि प्राप्त हुने बिस्वास परम्परादेखि रहिआएको छ।