
कपिलवस्तु, २० असोज । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क–६ रातमाटामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टसहितको प्रहरी टोलीले उद्धारको काम गरिरहेकोे छ ।
मृतकको सनाखत हुुन सकेको छैन । जीप सडकदेखि करीब ३ सय मिटर खसेको बताइएको छ ।











प्रतिक्रिया