१४ कार्तिक २०८३, शनिबार

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु   

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २० असोज । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ‍-रासस