सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

हिरासतमै बित्ने भो महाराको दशैँ

दैनिक नेपाल २०७६ असोज १९ गते २०:०३

काठमाडौँ, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महराको दशैँ हिरासतमै बित्ने भएको छ ।

आजअष्टमीका दिन पक्राउ परेसँगै नवमी र टीकाको दिन मात्र होइन पूर्णिमासम्मै महरा हिरासतमा बस्नेछन् । म्याद थप र मुद्दा दायरका लागि जिल्ला अदालत बन्द भएकाले उनी असोज २८ गतेसम्म थुनामै रहेन भएका हुन् ।

अदालत कोजाग्रत पुर्णिमापछि मात्र खुल्ला हुने थियो । तर, पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको शोक विदा असोज २७ गते अदालतमा विदा दिएपछि एक दिन लम्बने छ । महरोको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ ।

जिल्ला अदालतले तत्काल आवश्यक पर्ने कामका लागि मात्र खुल्ला रहेको छ । पक्राउ पुर्जि र बन्दीको मुद्दाका लागि मात्र अदालत खुल्ला रहेको छ ।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित म्याद थपका लागि उपस्थित गराउनेछ । त्यसपछि प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दैै मुद्दाको प्रक्रिया अघि बढाउने छ ।

प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ । बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएपछि अदालतको अनुमतिले  महरा आज पक्राउ परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित