
काठमाडौँ, १९ असोज । अमेरिकामा आइतबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
घटनामा अन्य पाँच घाइते भएका छन् । सीएनएनका अनुसार कान्सस शहरको एक बारमा बिहानै घटना भएको हो ।
घटनामा गोली प्रहार गर्ने व्यक्ति फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको छ ।
अमेरिकामा यस्ता गोली काण्ड पटक पटक हुँदै आएका छन् ।











प्रतिक्रिया