शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

खुलामञ्च पिच गर्न थालेपछि स्थानीयको अवरोध : बार भत्काइयो, आलो पिचमा गाडी कुदाइयो

दैनिक नेपाल २०७६ असोज १९ गते १३:१७

काठमाडौँ, १९ असोज ।  खुलामञ्चलाई स्थायी बसपार्क बनाउन लागिएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।

सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार  खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी समेत कुदाएका छन् ।

काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर खुलामञ्च ढलान गर्न लागेको भन्दै उनीहरुले अवरोध गरेका हुन् । हिजोसम्म बस पार्किङको लागि बाहिर राखिएको थियो । अहिले भने सबै बस भित्र पार्किङ एरियामा छिराइएको छ ।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर, उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।

भेटवालले यसअघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यहाँ डोजर चलाएको थियो ।

पुरानो बसपार्कमा ‘भ्यू टावर’ बनाउने भन्दै महानगरले खुलामञ्चमा अस्थायी बसपार्क सारेको थियो । ठेकेदार कम्पनीले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाडेको छ । तर, खुलामञ्चमा भने अतिक्रमण रोकिएको छैन ।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो ।  तर,  महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि खुलामञ्च पार्किङ स्थल र अस्थायी बसपार्क बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित