१४ कार्तिक २०८३, शनिबार

..जब अमेरिकी राजदूत ढाका टोपी लगाएर नेपाली गीतमा नाँचे (भिडियोसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी नेपाली गीतमा छमछमी नाचेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत बेरी चलचित्र ‘बुलबुल’को ‘माया ओइ ओइ’ गीतमा नाचेका हुन् ।

ढाका टोपी लाएर कार्यक्रममा सरिक भएका राजदूत बेरीले दशैंको शुभकामना समेत दिएका छन् । अमेरिकी मिसन परिवारले आयोजना गरेको कार्यक्रममा अमेरिकन नागरिकहरू पनि नेपाली पोशाकमा उपस्थित भएका थिए ।

‘दशैँ किन पनि एकदमै महत्वपूर्ण रहन्छ भने यो आफ्नो परिवार र आफन्तहरूसँग रमाउने अवसर हो’, दूतावासले भनेको  छ ।