११ मंसिर २०८३, शुक्रबार

आजदेखि तीन दिन उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज ।  दसैंको उपलक्ष्यमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

प्रहरीका अनुसार सर्वसाधारणको सहज यात्राका लागि बडादसैंका अवसरमा आजदेखि ३ दिन अर्थात् टीकाको दिनसम्म निःशुल्क बस सञ्चालन गरिएको हो।

महाअटष्मी, महानवमी र विजया दशमीका दिन २ वटा रुटमा नि:शुल्क बस सञ्चालन गर्ने नेपाल प्रहरीले जानकारी दिएको छ।

पहिलो रुट नक्सालबाट पुतलीसडक-माईतीघर-कुपण्डोल-एकान्तकुना-बल्खु-कलंकी-कालीमाटी-त्रिपुरेश्वर–रत्नपार्क-दरवारमार्ग हुँदै पुनः नक्साल पुग्नेछ ।

त्यसैगरी, दोश्रो रुट नक्सालबाट मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-नागस्थान-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-वालुवाटार हुँदै नक्सालसम्मको रुटमा निशुल्क बस सञ्चालन गरिनेछ ।

निःशुल्क बस सेवा बिहान ११ बजेदेखि दिँउसो ४ बजेसम्म सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।