११ मंसिर २०८३, शुक्रबार

सिन्धुलीको नेपालथोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।

घाइतेलाई धुलिखेल पठाइएको छ भने सामान्य चोटपटक लागेकालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन ।