बुटवल, १८ असोज । दुर्गा–बसन्त स्मृति प्रतिष्ठानले पुस ४ देखि २१ सम्म दुर्गा बसन्त स्मृति द्धिसप्ताहको रुपमा मनाउने निर्णय गर्ने निर्णय गरेको छ ।
पुस ४ दुर्गा तिवारी स्मृति दिवस र पुस २१ बसन्त पौडेल स्मृति दिवसको बीचमा खेलकुद र रचनात्मक क्रियाकपाहरु सञ्चालन गर्न पनि प्रतिष्ठानले अपिल गरेको छ ।
सोही अवधिमा विमोचन गर्ने गरी दुर्गा बसन्त स्मृति ग्रन्थ प्रकाशन गर्ने, एक बृतचित्र निर्माण गर्ने योजना अघि राखिएको प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए ।
बैठकले ५ जना युवाहरुलाई कार्यसमितीमा मनोनित गरेको छ । जसमा गणेश डुम्रे, चन्द्रकान्त खरेल ध्रुव, सुरज तिवारी, दीपक पाण्डे र सुमन थापा रहेका छन् ।
बैठकले दिपक चापागाईको संयोजकत्वमा खेलकुद विभाग र गणेश डुम्रेको संयोजकत्वमा प्रकाशन विभाग बनाउने पनि निर्णय गरेको छ ।
बैठकले देखि सदस्यता विस्तार र कार्यालय व्यवस्थापन लगायतका महत्वपूर्ण निर्णय गर्दै व्यवस्थित रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।
प्रतिष्ठानको आगामी बैठक बिस्तारित रुपमा दशैंपछि बस्नेछ ।












प्रतिक्रिया