१४ कार्तिक २०८३, शनिबार

राप्रपा (प्रजातान्त्रिक) लाई साँढे चुनाव चिन्ह दिएकोमा राप्रपाको आपत्ति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह ‘गाई’ सँग मिल्दोजुल्दो चिन्ह निर्वाचन आयोगले अर्को पार्टीलाई प्रदान गरेको भन्दै आपत्ति जनाएको छ ।

आयोगले राप्रपा (प्रजातान्त्रिक) लाई साँढे चुनाव चिन्ह दिएको थियो । त्यो चिन्ह राप्रपाको गाईसँग मिल्दोजुल्दो भएको भन्दै राप्रपाले विरोध गरेको हो ।

शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

आफ्नो पार्टीको चुनाव चिन्ह सङ्ग मिल्दोजुल्दो ‘साँढे’ चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले प्रमुख थपलियालाई बताएका थिए । ‘आयोगले यो निर्णय सच्याउनु पर्छ’ तामाङले भने।

एउटा पार्टीको चुनाव चिन्हसँग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए । आगामी उपनिर्वाचनमा गाईसँग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाव चिन्हले मतदानमा अन्यौल हुने हुँदा यस बिषयमा निर्वाचन आयोगले उपनिर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष तामाङ, प्रवक्ता सुशील श्रेष्ठ, सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रीय सदस्य बिजय खड्का लगायत आयोगको कार्यालय पुगेका थिए ।