सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

एनआईसी एशियाको कार्ड पुनः अन्य एटीएम मेसिनमा चल्ने

दैनिक नेपाल २०७६ असोज १७ गते १५:२२

काठमाडौँ, १७ असोज । एनआईसी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा शनिबार (१८ गते) देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने भएको छ ।

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजार रुपैयाँका दरले अधिकतम ६० हजार रुपैयाँसम्म झिक्न सक्नेछन् ।

यसैगरी भारतमा २४ घण्टामा दुई पटकमा गरी हरेक पटक भारु १० हजारका दरले अधिकतम भारु १५ हजार रुपैयाँसम्म झिक्न सक्ने बैंकले जनाएको छ ।

यससँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल्स मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाइएको छ । यस बीचमा प्राविधिक कारणले ग्राहकमा पर्न गएको असुविधाका लागि बैंकले आफि मागेको छ ।

बैंकको देशभर ३ सय १ शाखा कार्यालयहरु, ३ सय ६७ एटीएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिहेको छ ।

करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

त्यसैगरी, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नावय प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित