
ललितपुर, १७ असोज । ललितपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई आज बिहान पक्राउ गरेको छ ।
महानगरपालिका-४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशी समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २ लाख ६५ हजार रुपैयाँ र ९ बुक तास सहित बरामद गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया